Breaking News

केटीएम बाइक्सका नयाँ मोडलहरु सार्वजनिक

काठमाण्डौ, १९ जेठ । केटीएम बाइक्सका लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्दले केटीएम बाइक्सका फरक मोडल र फरक क्षमताका ५ बाइकहरु सार्वजनिक गरेको छ ।

केटीएम यूरोपको नम्बर १ मोटरसाइकलको ब्रान्ड पनि हो । यसका साथै अहिले सर्वाधिक रुचाइएको मोटरसाइकलको ब्रान्ड हो, केटीएम बाइक्स । हंशराज हुलासचन्दका प्रबन्ध निर्देशक शेखर गोल्छाले केटीएम विभिन्न मोडलको बाइकमा आकर्षक फिचरका साथै अपग्रेड गरिएको पनि बताए । उनका अनुसार पहिलेको मोडलभन्दा सार्वजनिक गरिएका मोडलले प्रयोगकर्ताको ध्यान खिँच्ने छ ।

सार्वजनिक गरिएका बाइकका मोडल र मूल्यः
१. केटीएम आरसी ३९०ः ६ लाख ८९ हजार ९ सय
२. केटीएम आरसी २००ः ५ लाख २९ हजार ९ सय
३. केटीएम ३९० ड्युकः ६ लाख ९९ हजार ९ सय
४. केटीएम २५० ड्युकः ५ लाख ३४ हजार ९ सय
५. केटीएम २०० ड्युकः ४ लाख ४४ हजार ९ सय

shares