ललित स्मृति कप फुटबल प्रतियोगिताकाे अाजकाे खेलमा च्यासल र फ्रेन्ड्स क्लब विजयी

निलम /काठमाण्डौ, १९ जेठ । दोस्रो ललित स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब र फ्रेन्ड्स क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा च्यासलले विभागीय टोली एपिएफ क्लबलाई तथा फ्रेन्ड्सले सुदूर पश्चिमलाई हरायो । पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफलाई २/० गोल अन्तरले हरायो । च्यासलका लागि खेलको १९ औं मिनेटमा सुशन श्रेष्ठले तथा ५२ औं मिनेटमा सन्नी व्यञ्जनकारले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन र खेल च्यासलले आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो खेलमा फ्रेन्ड्स क्लबले सुदूर पश्चिमललाई ४/१ गोल अन्तरले हराएको छ । फ्रेन्ड्सलाई जित दिलाउन दिपेश प्रसाईले खेलको ११ र ४५ औं मिनेटमा गरी दुई गोल गरे । त्यस्तै, खेलको १५ औं मिनेटमा रमेश बर्तौलाले तथा धिरज श्रेष्ठले ३३ औं मिनेटमा १/१ गोल गर्दै फ्रेन्ड्सलाई जीत दिलाए ।

प्रतियोगिता अन्तर्गत भोली न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लब तथा मोरङ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।