पाँचथरमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दा पनि कारबाही हुन सकेन

गिरीराज बाँस्कोटा / पाँचथर, १९ जेठ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पाँचथर जिल्लामा आचार संहितको उल्लंघनका घटना बढ्न थालेको सरोकारवालाहरुले बताएका छन् ।

सदरमुकाम फिदिम देखि गाँउ–गाँउ सम्म आचार संहिताको उल्लंघन हुँदा नियमन गर्ने निकाय चुपाचाप रहेको उनीहरुको आरोप छ । जिल्ला निर्वाचन कार्यालय पाँचथरले शुक्रबार फिदिममा आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका नेता, अनुगमन कर्ता तथा अन्य सारोकारवालाले निर्वाचनमा आचार संहिताको उल्लंघन भए पनि कारबाही नभएको बताए ।

सरोकारवालाहरुले निर्वाचनमा जथाभावी गाडीको प्रयोग गर्ने, टिसर्टको प्रयोग गर्ने, मापदण्ड बाहिरका प्रचार समाग्री प्रयोग गर्ने गरेको आरोप लगाए ।