September 26, 2017

मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन सहमत

काठमाडौ ८ बैशाख । मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन सहमत भएको छ।

 मोर्चामा रहेका ६ दलकाे एकता भई नयाँ पार्टी राष्ट्रिय जनता पार्टी गठन भएकाे भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्तामा बोलाएका थिए । अाज विहान र साँझ भएका छलफल पछि माेर्चा परिमार्जनसहित संविधान संशोधन गर्नेगरी चुनावमा जान सहमत भएको हो।

संविधान संशोधनको नयाँ प्रस्तावमा केही कुरामा परिमार्जन गर्ने र चुनावमा सबैले भाग लिने विषयमा मोर्चासँग सहमतिमा आएको हो।