Breaking News

फिलिपिन्सको ‘रिसाेर्ट वर्ल्ड मनिला’ क्यासिनोमा गोली चल्दा ३६ को मृत्यु

काठमाण्डौ, १९ जेठ । फिलिपिन्सको राजधानी मनिलामा रहेको ‘रिसाेर्ट वर्ल्ड मनिला’ क्यासिनोमा गोली चल्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमध्ये १३ जना क्यासिनोका कर्मचारी रहेका छन् भने अन्य क्यासिनोका पाहुना रहेका छन् । रिसोर्ट वल्र्ड मनिला कम्लेक्स नामक क्यासिनोमा गेमिङ भइरहेका स्थानमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । गोली चलाएपछि ती बन्दुकधारीले आफैंमाथी गोली चलाएका थिए ।

मृत्यु हुनेहरु मध्ये अधिकांश उच्च वर्गका मानिसहरु रहेको राष्ट्रपतिका प्रवक्ताले बताए । उक्त घटनामा परी अन्य ७० भन्दा बढी गम्भिर घाइते भएका छन् ।

shares