धनगढीकाे मेयरमा गोपाल हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी ८ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयरमा  सुदुरपश्चिमका प्रख्यात व्यवसायी गोपाल हमालले अाज उम्मेदवारी घोषणा गरेका छन् ।

हमालले धनगढीमा एक कार्यक्रमकाे अायोजना गर्दै उपमहानगरपालिकाकाे समग्र विकासका लागि अाफु मेयरका लागि स्वतन्त्र रुपमा निर्वाचन लडने बताए ।  उनले  २८ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।

उनको घोषणापत्रमा धनगढीलाई ५ वर्षमा मुलुककै समुन्नत शहर बनाउने, धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन पहल गर्ने, यातायात विकास, फोहरमैला व्यवस्थापन गर्ने लगायतका कार्यक्रम छन ।

गोपी हमालका नामले प्रख्यात रहेका उनले कुशलतापूर्वक कैलाली उद्योग वाणिज्य सँघकाे नेतृत्व सम्हाली सकेका छन । कैलाली उद्योग वाणिज्य सँघकाे नेतृत्वमा रहदा सुन्दर सुदुरपश्चिमकाे नारालाई हमालले देशव्यापी बनाएका थिए । सुदुरपश्चिमकाे विकास र समृद्धिका लागि हमाल एक अभियन्ताका रुपमा परिचित छन ।