Breaking News

जेठ २१ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने कानूनमन्त्री नायकको दाबी

काठमाण्डौ, १८ जेठ । कानुनमन्त्री अजयशंकर नायकले नयाँ प्रधानमन्त्रीका लागि यही जेठ २१ गते संसद्मा निर्वाचन हुने बताएका छन् ।

काठमाण्डौमा आज भएको साक्षात्कारमा मन्त्री नायकले एमालेले संसद् अवरुद्ध गरे पनि यही जेठ २१ गते प्रधानमन्त्री चयन हुने बताएका हुन् । उनले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गर्नु गलत भएको टिप्पणी समेत गरे ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेका नेता प्रकाश ज्वालाले भरतपुर महानगरपालिकामा तत्काल मतगणना नगरे एमालेले संसद अवरुद्ध जारी राख्ने चेतावनी दिए ।

shares