October 21, 2017

अान्ध्र प्रदेशमा किसानहरुको भिडमा ट्रक घुस्दा कम्तिमा २० जनाको मृत्यु

काठमाण्डौ, ८ वैशाख । आन्ध्र प्रदेशमा प्रदर्शन गरिरहेका किसानहरुको भिडमा एउटा ट्रक घुस्दा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

पुलिस थानाको अगाडि प्रदर्शन गरिरहेका किसानहरुको भिडमा एक समूहले द्रूत गतिमा ट्रक घुसाएको आन्ध्र प्रदेशको पुलिसले बताएको छ । तिरुपति सहरका पुलिस अध्यक्ष जया लक्ष्मीले भने, ‘मरेका मध्ये १४ जनाको मृत्यु बिजुलीको झड्का लागेर भएको हो ।’ द्रूत गतिमा अाइरहेकाे ट्रक बिजुलीकाे पाेलमा गएर ठाेकिएकाे थियाे ।

शुक्रबार चित्तुर जिल्लामा बालुवाको तस्करी बन्द गरिएको निर्णयलाई लिएर मंगलपालेम गाउँका किसानहरुले प्रदर्शन गरिरहेका थिए । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चंद्रबाबु नायडुले घटनाप्रति अफशोस प्रकट गर्दै घटनामा परेर मरेका परिवारलाई ५–५ लाख आर्थिक सहायता गर्ने घोषणा गरेका छन् ।

स्थानीय जनताहरुले भने यो घटना योजना अनुरुप घटेको आरोप लगाएका छन् । राज्य परिवहन मन्त्री अच्छन नायडुले घटना घट्नुकोे कारण र यथार्थ जाँच गर्न आदेश दिएका छन् ।