Breaking News

मध्यपश्चिमाञ्चल विरुद्ध पश्चिमाञ्चल ९ विकेटले विजयी

काठमाण्डौ, १८ जेठ । प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा पश्चिमाञ्चल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले हराउँदै पश्चिमाञ्चल विजयी भएको हो । ६३ रनको झिनो लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा १ विकेट गुमाएर प्राप्त गर्‍याे । पश्चिमाञ्चललाई जीत दिलाउन सौरभ खनालले २० तथा अनिल गुरुङ नटआउट २३ र नुरध्वज सिंहले पनि नटआउट रहँदै १९ रनको योगदान गरे । बलिङतर्फ मध्यपश्चिमाञ्चलका अमर रौटेलाले १ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चल २३ ओभरमा अलआउट हुँदै मात्र ६२ रनमा सिमित भयो । पश्चिमाञ्चलको कसिलो बलिङ सामु मध्यपश्चिमाञ्चलका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन् । मध्यपश्चिमाञ्चलका लागि सुभेन्दु पाण्डे, अमर रौटेला र राजवीर सिंहले नटआउट समान १३ / १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङ तर्फ पश्चिाञ्चलका लागि विपिन खत्री र लाल अधिकारीले समान ४–४ तथा कृष्ण कार्कीले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत भोली विभागीय टोली एपिएफ र मध्यपश्चिमाञ्चलबीच खेल हुनेछ ।

shares