Breaking News

छोरा, आमा र बुबाले सँगै १२ को परीक्षा दिँदैं

काठमाण्डौ, १८ जेठ । भारतको दक्षिण बंगालको नाडिया जिल्लामा सुन्दा सहजै पत्याउन गाह्रो र अनौठो घटना सार्वजनिक भएको छ ।

उक्त जिल्लामा रहेका एक परिवारका छोरा, आमा र बुबाले सँगै १२ को परीक्षा दिन लागेका हुन् । १८ वर्षीय छोरा (विफल), ३२ वर्षीया आमा (कल्याणी) र ४२ वर्षीय बुबा (बलराम) ले यो वर्ष सँगै १२ को परीक्षा दिन लागेका हुन् । अचम्म त के छ भने यी तीनैले एउटै स्कुलमा एउटै विषय पढेका छन् ।

विफल आफूले ट्युसन पढ्छन् अनि त्यही कुरा आमा र बुबालाई पढाउने गर्दछन् । उनीहरु पेसाले मध्यमवर्गीय किसान हुन् ।

shares