दक्षिण कोरियाका नवनियुक्त प्रधानमन्त्री इयाेनलाई प्रधानमन्त्री दाहालकाे बधाई

काठमाण्डौ, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाका नवनियुक्त प्रधानमन्त्री ली नक– इयोनलाई बधाईको सन्देश दिएका छन् ।

उक्त सन्देशमा दाहालले इयोनलाई प्रधानमन्त्री भएकोमा बधाई दिनुका साथै आगामी कार्यकाल सफलतापूर्वक बितोस् भन्ने आशय व्यक्त गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

साथै नेपाल र दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध कायम रहिराख्ने तथा दुई देश र दुई देशका जनता लाभान्वित हुने कुरा पनि दाहालले उल्लेख गरेका छन् ।