Breaking News

भालुको पित्त सहित एकजना पक्राउ

काठमाण्डौ, १८ जेठ । केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाण्डौबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ ।

भालुको पित्तसहित लमजुङ गौडा गाविस वडा नम्बर २ बस्ने रमेश थापा मगरलाई प्रहरीले विशेष सूचनाका आधारमा काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ४, चक्रपथबाट पक्राउ गरेको हो । संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भालुको खरिद बिक्री गरे कानूनी व्यवस्था अनुसार १० हजार रुपैयाँसम्म जरिवाना, २ बर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।

पक्राउ परेका मगरलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाइएको प्रहरीले जानकारी दियो ।

 

shares