Breaking News

धापासी जेसीजकाे अध्यक्षमा तपेन्द्र शाही निर्वाचित

काठमाडौं १८ जेठ। धापासी जेसीजको ११ औं अधिवेशनले बर्ष २०१७ कालागि तपेन्द्र बहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यकारणी समिति निर्वाचित गरेको छ ।
बर्ष २०१६ का अध्यक्ष सुदेश पौडेलको अध्यक्षतामा सम्पन्न शाखा अधिवेशनले कार्यकारणी उपाध्यक्षमा सुशिल बुढाथोकी र रमेश नेपाल निर्वाचित भएका छन भने उपाध्यक्षमाहरुमा क्रमश: जीडि पाण्डे पूजा भण्डारी र पारस श्रेष्ठ निर्वाचित भएका छन ।
नव निर्वाचित अध्यक्षले दिपक दवाडीलाई महासचिवमा र खेमराज अधिकारीलाई कोषाध्यमा चयन गरेका छन । कानुनी सल्लाहकारमा भने हेमकल्पित न्याैपानेलाई अध्यक्ष शाहीले चयन गरेका छन ।

shares