Breaking News

डोनाल्ड ट्रम्प ट्वीटरमा सर्वाधिक पछ्याइने नेतृत्वकर्ताको दोस्रो नम्बरमा

काठमाण्डौ, १८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीटरमा सर्वाधिक फलो गरिएका नेतृत्वकर्ताको दोस्रो नम्बरमा परेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पलार्ई ट्वीटरमा ३ करोड १ लाख जनाले फलो गरिरहेका छन् । यो तथ्यांक ‘ट्वीप्लोमेसी स्टडी २०१७’ को अनुसार हो ।

प्रथम स्थानमा भने पोप फ्रान्सिस रहेका छन् । ३ करोड ३७ लाखले पोपलाई फलो गरिरहेका छन् । तेस्रो स्थानमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् । उनलाई ३ करोड ५८ हजारले फलो गरिरहेका छन् ।

shares