May 23, 2017

डीपीएलको उपाधिका लागि भोलि विराटनगर र टिम चौराह भिड्ने

काठमाण्डौ, ८ वैशाख । धनगढी प्रिमियर लिग ‘डीपीएल’ को उपाधिका लागि भोलि विराटनगर किङ्स र टिम चौराहबीच खेल हुँदैछ ।

पाँच खेलबाट ६ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको विराटनगरले रूपन्देही च्यालेन्जर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । प्लेअफमा शरद भेषवाकरको कप्तानीमा रहेको विराटनगरले रुपन्देहीलाई २९ रनले हराएको थियो । त्यस्तै, दोस्रो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै टिम चौराह धनगढीले फाइनलमा स्थान बनाएको हो ।

रुपन्देहीलाई ९२ रनले हराउँदै पारस खड्काको कप्तानीमा रहेको धनगढीले फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो । नेपालमा पहिलोपटक अक्सनमार्फत खेलाडी छनोट गरीएको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।