Breaking News

एमालेले पैसा बाडेर चुनाव जितेकाे विजुक्छेकाे अारोप

भक्तपुर १८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको चुनाव जित्न कांग्रेका तुलनामा एमालेले बढी रकम खर्च गरेकाे अारोप लगाएका छन ।

रफत सञ्चार क्लबमा बोल्दै बिजुक्छेंले भने ‘२०१५ साल यताका चुनाव पैसै खर्च गरेर कांग्रेसले जित्थ्यो अहिले भने नेकपा एमालेले पैसाकाे बलमा चुनाव जितेकाे छ’  भक्तपुरको सूर्यबिनायक र चाँगुनारायण नगरपालिकामा चुनाव जित्न एमालेले पैसाकाे खाेलो बगाएकाे अारोप लगाए ।  ।

उनले एमालेले कम्युनिष्टको ‘क’ समेत उच्चारण गर्न मन नपराउने  भएकाले भएकाले एमाले कम्यूनिष्ट पार्टी नभएकाे बताए ।

चुनावको समयमा सरकारले नीति तथा कार्यक्रम ल्याउनु, सरकार परिवर्तन गर्नु चरम आचारसंहिता उल्लघन हाे भन्दै विजुक्छेले वर्तमान सरकारले राजपालाई चुनावमा ल्याउन स्थानीय तहको २२ सिट संख्या थपेर गलत काम गरेको बताए ।

अध्यक्ष बिजुक्छेंले नयाँ बन्ने बहुमतिय सरकारमा नेमकिपा नजाने तर पार्टीले केही सर्तहरु भने राख्ने बताए । यदि नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अबस्थामा प्रतिपक्षमै बसेर भएपनि सरकारलाई सहयोग गर्न सकिने उनले बताए ।

shares