Breaking News

काबुल अाक्रमणको विश्वव्यापी निन्दा

काठमाण्डौ १८ जेठ । अफगानिस्तानको काबुलमा ९० जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलाको विश्वब्यापी निन्दा भएको छ ।
अफगानी राष्ट्रपति असरफ घानी लगायत बिभिन्न देशका सरकार प्रमुखहरुले घटनाको कडा शब्दमा निन्दा गरेका छन । घानीले घटनालाइ कातर काम भनी टिप्पणी गरेका छन ।

ट्याङ्करमा बमसहित लुकेर आएका एक जनाले उच्च कुटनीतिक क्षेत्रमा आत्मघाती बिष्फोट गराएको अनुसन्धानबाट खुलेको छ । घटनामा ४ सय भन्दा बढी घाइते भएका छन ।

आक्रमणको कसैले पनि जिम्मा लिएको छैन । तालिबान समूहले आफ्नो कुनै पनि संलग्नता नरहेको जनाइसकेको छ । घटनामा धेरैजसो अफगान नागरिक र ११ जना अमेरिकी नागरिक परेका छन । जर्मन दुतावासका अधिकांश कर्मचारी पनि घाइते भएका छन ।

shares