Breaking News

फिलिपिन्समा सेनाले गल्तीवश गरेको हवाइ आक्रमणमा परी १० सैनिकको मृत्यु, ८ जना गम्भीर घाइते

काठमाण्डौ १८ जेठ । फिलिपिन्समा सेनाले गल्तीवश गरेको हवाइ आक्रमणमा परी १० सैनिकको मृत्यु भएको छ ।

मरावी शहरमा बिद्रोही इस्लामिक स्टेट आइएसको गतिविधि बढेको देखेपछि सेनाले हवाइ आक्रमण थालेको थियो । आक्रमणमा अन्य ८ सैनिक गम्भीर घाइते भएका छन । बिद्रोही नेतालाई पक्राउ गर्नेक्रममा यो घटना भएको रक्षा सचिवालयले जनाएको छ ।

पछिल्लो एक हप्ता यता सो क्षेत्रमा आइएसले आफना गतिविधि बढाउदै सेनामाथि अक्रमण गरिरहेको थियो । गत हप्ता मात्रै दोहोरो भिडन्तमा एक सय जना मारिएका थिए ।

shares