ध्रुमपानले नेपालमा बर्सेनि २२ हजारको मृत्यु

काठमाण्डाै, १८ जेठ  । नेपालमा ध्रुमपानका कारण प्रत्येक दुई सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

ध्रुमपान र सुर्तीजन्य पदार्थ सेवनकै कारण हरेक वर्ष १५ हजारको ज्यान जाने गरेको पनि मन्त्रालयको तथ्याङ्क छ। जसमा ९ हजार पुरुष र ६ हजार महिला हुने गरेको देखिएको छ।  यो स्वास्थ्य मन्त्रालयले सन् २००० मा गरेको सर्वेक्षण हो। अहिले मृत्यु हुनेको संख्या २२ हजार पुगेको मन्त्रालयको आंकलन छ।

यसमा ११ प्रतिशत युवा समूह पर्ने तथ्याङ्कले देखाएको छ।ध्रुमपानले हृदयघात निम्त्याउने जसको लक्षण अन्तिम अवस्थामा मात्रै देखापर्ने हुनाले यसले मृत्यु निम्त्याइरहेको चिकित्सकहरु बताउँछन् ।

हृदयघात भइ अकाल मृत्युबाट बच्न धूमपान त्याग्नुको विकल्प नभएको मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले बताए। नेपालमा बर्सेनि ६० प्रतिशतको मृत्यु नसर्ने रोगका कारण हुने गरेको चिकित्सकको भनार्इ छ । याे खबर कान्तिपुर दैनिकमा छ ।