May 23, 2017

कपिलवस्तुमा तीव्र रुपमा चुनावकाे तयारी गरिदैँ

काठमाण्डौ, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध चर्काउँदै गर्दा जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले चुनावको तयारी तीव्र पारेको छ ।

जिल्ला निर्वाचन कार्यालयले हालसम्म मतदाताको अन्तिम नामावली प्रकाशन, मतदाता शिक्षाको सुरुवात र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना लगायतका काम गरेको छ । यसै साता मतदान केन्द्रमा खटिने कर्मचारीका लागि प्रशिक्षण दिइँदै छ भने जिल्लाका सबै स्थानीय निकायमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनको तयारी गरिएको छ ।

जिल्लामा एक लाख ५६ हजार ६ सय ६ पुरुष, १ लाख २९ हजार ९ सय ४० महिला र दुई तेस्रो लिङ्गी गरी २ लाख ८६ हजार ५ सय ४८ मतदाता रहेका छन् । जिल्लाका १० स्थानीय निकायका लागि २ सय ३३ मतदानस्थल र ३ सय ८७ मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।