Breaking News

अफगानिस्तानको काबुलमा भएको घटनालाई लिएर परराष्ट्र मन्त्रालयद्वारा खेद प्रकट

काठमाण्डौ, १७ जेठ । अफगानिस्तानको काबुलमा भएको आत्मघाती कार बम विस्फोटको घटनालाई लिएर नेपाल सरकारले पनि खेद प्रकट गरेको छ ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको हो । उक्त घटनामा परी ८० जानाले ज्यान गुमाएका थिए भने ३ सय ५० भन्दा बढि घाइते भएका थिए ।

इस्लामावादमा रहेको नेपाली दूतावासले उक्त घटनामा ५ नेपाली नागरिक घाइते भएको जानकारी दिएको छ ।

shares