४ दिने ‘बृहत् कान्तिपुर हिसान शैक्षिक मेला’ हुने

काठमाण्डौ, १७ जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स् प्रा.लि. को संयुक्त आयोजनामा जेष्ठ १८ गते देखि २१ गतेसम्म भृकुटीमण्डप, प्रदर्शनीहलमा बृहत् कान्तिपुर हिसान शैक्षिक मेला हुने भएको छ ।

विभिन्न विश्वविद्यालयहरूको सहकार्य र माध्यमिक विद्यालयहरू तथा विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई बेग्ला–बेग्लै संकायका कार्यक्रमहरू सञ्चालन गरिरहेका १०० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागितामा कायक्रम हुन लागेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

‘नेपालमै उत्कृष्ट शिक्षा’ भन्ने मूल मर्म बोकेर सञ्चालन हुँदै आएको यस शैक्षिक मेलाको विशिष्ट व्यक्तित्वहरूबाट समुद्घाटन हुने बताइएको छ ।