कर्मचारी व्यवस्थापन गर्न ढिलाई भएकाे भन्दै राज्य व्यवस्था समितिको ध्यानाकर्षण

काठमाण्डौ, १७ जेठ । सांसदहरूले स्थानीय तहमा तत्काल कर्मचारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सिंहदरबारमा आज बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकमा संघीय प्रशासनिक पुनःसंरचना समितिको प्रतिवेदनमाथि छलफलका क्रममा सांसद्हरूले जनप्रतिनिधि चुनिएका स्थानमा कर्मचारीको व्यवस्था गर्न ढिला गर्न नहुने बताएका हुन् । उनीहरूले आवश्यक्ताको आधारमा संघीय, प्रदेश र स्थानीय तहमा जनशक्तिको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै बैठकमा कांग्रेस र एमालेका सांंसदहरूले संघहरूमा गठन हुने सरकारको आकार सानो हुनुपर्ने धारणा राखेका छन् । पुनःसंरचना समितिको प्रतिवेदनमाथि केही दिन छलफल जारी रहने समिति सभापति दिलबहादुर घर्तीले जानकारी दिए ।