October 23, 2017

पहरी बस्ती निर्माणार्थ आर्थिक सहयोग गर्नेहरुलाई ‘स्वेता श्री फाउन्डेशन’ को सम्मान

काठमाण्डौ, ८ वैशाख । सिन्धुपाल्चोक जिल्लामा अवस्थित पहरी बस्ती निर्माणका लागि आर्थिक सहयोग गर्ने सहयोगिहरुलाई ‘स्वेता श्री फाउन्डेशन’ ले सम्मान गरेको छ ।

फाउन्डेशनकी अध्यक्ष तथा नायिका स्वेता खड्काले ६ जना दाताहरुलाई सम्मान गरेकी हुन् । खड्काले अमेरिकाबाट ३ लाख सहयोग गर्ने श्री पराजुली, १ लाख सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, ५० हजार सहयोग गर्ने सामाखुशीकी शान्ता बस्नेत, जापानमा रहेर ५० हजार सहयोग गर्ने आरोही सुवेदी, २५ हजार सहयोग गर्ने कोरियामा बस्दै आएका ब्रजेश श्रेष्ठ र श्वेताश्री फाउन्डेशनको कार्यालयका लागि १ थान कम्प्युटर सहयोग गर्ने केयर सोलुसनलाई सम्मान गरेकी हुन् ।

पहरी बस्तीमा रहेका ६३ घर धुरीसहित बाल बँगैचा, बाटो, बायो ग्याँस आदि निर्माणका लागि ५ करोड ४२ लाख रकमको अनुमान गरिएको छ । सरकारले अनुदान दिने ३ लाख र बाँकी बस्ती बनाउन लाग्ने रकम स्वेता श्री फाउन्डेशनले जुटाउनेछ । आउँदो दुई साता भित्र बस्तीको शिलान्यास हुने स्वेताको भनाई छ ।