Breaking News

काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

काठमाण्डौ, १७ जेठ । काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र ३२ वटै वडाका अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

महानगर प्रमुख शाक्यले शपथ ग्रहण गरे लगत्तै ३२ वटै वडाका सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित जनप्रतिनिधिहरूले नेपाली र नेपाल दुई भाषामा सपथ लिएका थिए ।

shares