प्रतिपक्षी दलको सहमतिमै निर्वाचनको मिति सारिएको प्रधानमन्त्री दाहालको जीकिर

काठमाण्डौ, १७ जेठ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षी दलको सहमतिमै निर्वाचनको नयाँ मिति तय भएको बताएका छन् ।

आज बसेकोे माओवादी केन्द्र संसदीय दलको बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने वातावरण बनाउन निर्वाचनको मिति सार्नु परेको उल्लेख गरे । साथै दाहालले अब निर्वाचनको मिति सारिरहन पर्ने अवस्था नरहेको बताए ।

उक्त बैठकले सबै दललाई सहमतिमा ल्याएर स्थानीय तहको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न माओवादी केन्द्र सफल भएको निष्कर्श पनि निकालेको छ ।