Breaking News

यस्ताे छ दोस्रो चरणको निर्वाचनकाे कार्यतालिका

काठमाण्डौ, १७ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो । आयोगले असार २ गते उम्मेदवार मनोनयन गर्ने मिति तय गरेको छ । यस्तै असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जारी गरेको निर्वाचन तालिकामा उल्लेख छ ।

यसअघि नै आयोगले सबै स्थानीय तहमा कार्यालय स्थापना गरिसकेकाले प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खोल्ने काम भने निर्वाचन कार्यतालिकामा राखिएको छैन ।

shares