Breaking News

काबुलस्थित जर्मन दूतावास नजिक कार बम विस्फोट, कम्तिमा ८० को मृत्यु

काठमाण्डौ, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती कार बम विस्फोटमा परी कम्तिमा ८० जनाको मृत्यु भएको छ ।

उक्त विस्फोटमा परी ३ सय २० जना गम्भीर घाइते भएका छन् । उक्त विस्फोट जर्मन दूतावास नजिक भएको थियो । यद्दपि उक्त क्षेत्रमा सबै विदेशी दूतावासहरु रहेका छन् ।

घाइतेहरुलाई अस्पतालमा भर्ती गरिएको छ । उक्त विस्फोटका कारण काबुलमा केहीबेर अँध्यारोको महशुस गरिएको थियो । उक्त धमाकाले १०० मिटर आसपास रहेका घरमा समेत क्षति पुगेको छ ।

यो महिनामा मात्र काबुलमा धेरै हमला भए भने यी हमलालाई लिएर अफगानिस्तानको सुरक्षा व्यवस्थामा पनि प्रश्नचिन्ह उठेको छ ।

shares