Breaking News

धनुषा जिल्लामा १७ दलले मात्र दलगत निर्वाचन चिन्ह पाउने

अतिश कुमार मिश्र / जनकपुरधाम, १७ जेठ  । स्थानीय तह अन्तर्गत दाेस्राे चरणकाे निर्वाचनका लागि धनुषा जिल्लामा दर्ता भएका ३६ दल मध्ये १७ दलले मात्र दलगत निर्वाचन चिन्ह पाउने भएका छन् ।

निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका ३६ दल मध्ये संसदमा प्रतिनिधित्व १७ दलले मात्र दलिय चुनाव चिन्ह पाउने जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ । १७ दल बाहेकका दलहरुलाई स्वतन्त्रको चिन्हमा चुनाव लड्न पाउने धनुषा जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जनाकारी दिइन् ।

जिल्लामा दर्ता १७ दलका अतिरिक्त नयाँ शक्ति, शान्ति पार्टी नेपाल, नेकपा माले समाजवादी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेशन, राष्ट्रवादी पार्टी लगायतले स्थानीय निर्वाचनको लागि दल दर्ता गराएका छन् ।

shares