April 24, 2017

नेपाली वस्तु अमेरिकामा निर्यात गर्दा भन्सार छुट दिन उद्योग वाणिज्य महांघकी अध्यक्ष राणाको जोड

काठमाण्डौ, ८ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा उत्पादन भएका वस्तु अमेरिकामा निर्यात गर्दा भन्सार छुट दिन आग्रह गरेकी छिन् ।

शुक्रबार काठमाण्डौमा आयोजित नेपाल व्यापार ग्राहता सम्बन्धी छलफल कार्यक्रममा उनले अमेरिका नेपालको दोस्रो ठूलो निर्यातकार देश भएको भन्दै भन्सार छुटका लागि आग्रह गरेकी हुन् । कार्यक्रममा वाणिज्यमन्त्री रोमी गौचनले नेपालकै कच्चा पदार्थलाई प्रयोग गरेर सामग्री उत्पादन गर्न सकिने धारणा राखे ।

नेपालबाट अमेरिका निर्यात हुने निश्चित वस्तुहरुमा अमेरिकाले भन्सार छुट दिँदै आएको छ । सन् २०१६ फेब्रुअरीमा अमेरिकी कंग्रेसले पारित गरेको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनले नेपालमा बनेका निश्चित वस्तुलाई डिसेम्बर ३१, २०२५ सम्मका लागि भन्सार छुट प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *