अछाममा स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्तिले गर्‍यो उम्मेदवारको छनोट

अछाम, १७ जेठ । अछाम जिल्लामा नयाँ शक्ति पार्टीले दोस्रो तहको स्थानीय निर्वाचनका लागि उमेदवार चयन गरेको छ ।

४ नगरपालिका र ६ गाउँपालिका रहेकाे जिल्मालामा पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा तिर्थ ढकाल, कमलबजार नगरपालिकाको मेयरमा धनबहादुर थापा, साँफेबगर नगरपालिकाको मेयरमा रविन्द्र शाह र मंगलसेन नगरपालिकाको मेयरमा दीपक रावललाई चयन गरेको छ ।

यस्तै ६ गाउँपालिका मध्ये रामारोशन गाउँपालिकाको अध्यक्षमा टीकाराम खनाल र तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र चलाउनेलाई चयन गरेकाे नयाँ शक्ति पार्टीका नेता शंकर भण्डारीले जानकारी दिए।