Breaking News

अमेरिकाद्वारा ब्यालेष्टिक मिसाइल नष्ट पार्ने क्षमताकाे मिसाइल परीक्षण

काठमाण्डौ १७ जेठ । अमेरिकाले ब्यालेष्टिक मिसायललाई निस्तेज पार्ने क्षमताको नयाँ मिसाइल परीक्षण गरेको छ ।
अमेरिकालाई निशाना बनाइ प्रहार गरिएका अन्तरमहादेशिय मिसाइललाई असफल पार्न गरिएको परीक्ष्ँण सफल भएको अमेरिकी सेनाले जनाएको छ ।

उत्तर कोरियासंग तनाव बढिरहेका बेला अमेरिकाले यो परीक्षण गरेको हो । क्यालिफोर्नियाको सैन्य हवाइ अड्डाबाट प्रहार गरिएको इन्टरसेप्टरले प्रशान्त महासागरमा राखिएको नक्कली मिसाइललाई नष्ट गरेको अमेरिकी मिसायल डिफेन्स एजेन्सीले जनाएको छ । अमेरिकी रक्षा बिभाग पेन्टागनले यसको योजना पहिलेदेखि नै भएपनि परीक्षण भने ढिलो मात्र गरिएको जनाएको छ ।

shares