प्रभासले अनुष्कालाई छाेडे, उद्याेगपतिकी नातिनीकाे विवाह प्रस्ताव

काठमाण्डौ, १६ जेठ । ‘बाहुबली २’ ले कमाईको सबै रेकर्डलाई तोड्दै बलिउडको सबैभन्दा धेरै कमाई गर्ने फिल्मको रुपमा रेकर्ड राखेको छ ।

केही समय पहिले ‘बाहुबली २’ का अभिनेता प्रभासलाई विवाहका लागि ६ हजार विवाहको प्रस्ताव आएको थियो । गर उनले ती सबै प्रस्तावलाई स्विकारेनन् ।

तर अब भने उनको विवाह पक्कापक्की भएको भारतीय मिडियाहरुले बताएका छन् । प्रभासलाई रासी सिमेन्टका चेयरम्यान भूपति राजाको नातिनीको प्रस्ताव आएको छ । उनीसँगै विवाह गर्न प्रभास तयार भएको बताइएको छ । यद्दपि अहिले प्रभास यूएस ट्रिप निक्लिएका छन् ।

यसअघि प्रभासको नाम ‘बाहुबली २’ कि हिरोइन अनुष्का शेट्टीसँग जोडिएको थियो । खबरका अनुसार कुनै समय प्रभास र अनुष्काको अफेयर चलेको थियो । अनुष्का प्रभाससँग विवाह गर्नका लागि तयार थिइन् तर प्रभासले उनलाई दुई वर्ष कुराएका थिए ।

यो खबर प्रकाशमा आएसँगै दुई जनाको ब्रेकअप भएको छ । जब प्रभासको विवाहको खबर मिडियामा आयो तब अनुष्का धेरै नै असन्तुष्ट देखिएकी थिइन् ।