April 24, 2017

राप्रपाद्वारा निर्वाचनको घोषणा पत्र तयार

काठमाण्डौ, ८ वैशाख । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तह निर्वाचनको घोषणा पत्र तयार पारेको छ ।

राप्रपाले उक्त घोषण पत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्दै ११ गते १ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनको महत्वपूर्ण अभ्यासमा सबैको सहभागिता हुनुपर्ने भन्दै राप्रपाले सरकार, सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल र आन्दोलनरत मधेश केन्द्रीत दललाई समेत आह्वान गरेको छ । बैठकले निर्वाचनमा होमिन सबै दलका नेता, कार्यकर्ता तथा भातृसंगठनलाई निर्देशन पनि दिएको छ ।

बैठकले कार्यसम्पादन समितिमा कमल थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर जबरा, दिपक बोहोरा, राजीव पराजुली, बुद्धिमान तामाङलाई गठन गरेको छ । त्यस्तै समितिमा टंक ढकाल, विक्रम पाण्डे, रामचन्द्र राय, ध्रुव बहादुर प्रधान, राजेन्द्र लिङदेन, धवलशम्शेर राणा, जयन्त चन्द, सुनिल बहादुर थापा, नवराज सुवेदी, बालाराम घर्तीमगर र हरिबहादुर बस्नेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *