August 16, 2017

भन्सार छली ल्याएको अवैध सुन बरामद

काठमाण्डौ, १६ जेठ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुर बाट खटिएको प्रहरी टोलीले ४ सय ७१.३० ग्राम (रु. २२ लाख ५३ हजार ७ सय ६२ रकम बराबरको) सुन बरामद गरेको छ ।

हेटौंडा उपमहानगरपालिका १५ स्थित प्रहरी चेक पोष्टले विशेष सुराकिका आधारमा काठमाण्डौबाट भारततर्फ जाँदै गरेको डब्ल्यु बी ४३ /०८३२ नम्बरको भारतीय यात्रुवाहक बसमा लुकाई छिपाई ल्याएको सुन बरामद गरेको हो । प्रहरीले सुनसँगै भारत कलकत्ता पश्चिम बेदनापुर थाना घाटल, पोष्ट अफिस महाराजपुर बस्ने वर्ष १९ की दिपा सामन्तलाई पनि पक्राउ गरेको छ ।

आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जानकारी दियो ।