August 17, 2017

राजविराजमा प्रहरीसँगकाे झडपमा राजपाका ३ कार्यकर्ता घाइते

दिनेश शर्मा / राजविराज, १६ जेठ । सप्तरीको राजविराजमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्द गर्न पुगेका राष्ट्रिय जनता पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मोर्चाका ३ कार्यकर्ता घाइते भएका छन् ।

जबर्जस्ती तालाबन्द गर्न पुगेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दिपेन्द्र चौधरी, सतिस सिंह, र सुरेष सिंह घाइते भएका छन् । घाइतेहरुको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेकोे छ । राष्ट्रिय जनता पार्टी नेपालको पूर्व निर्धारित कार्यक्रम अनुसार कार्यकर्ताहरु कार्यालयमा तालाबन्द गर्न पुगेका थिए ।

राष्ट्रिय जनता पार्टीले निर्वाचन सम्बन्धी सबै कार्यक्रम विथोल्न यस अघि नै चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ । जसअनुसार १८ र १९ गते लगातार २ दिन मधेश थरुहट र लिम्वुवान क्षेत्र बन्द कार्यक्रमका आह्वान गरिएको छ ।