बंगलादेशमा ‘चक्रवात’ नामक आँधीका कारण ५ जनाको मृत्यु, कयौं विस्थापित

काठमाण्डौ, १६ जेठ । बंगलादेशमा दक्षिण पूर्वी क्षेत्रमा कोक्स र रंगमतीमा आएको ‘चक्रवात’ नामक आँधीका कारण ५ जनाको मृत्यु भएको छ ।

आँधीका कारण ३ लाख ५० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । १ सय १७ किलोमिटर प्रतिघण्टाको दरले आएको आँधीमा कारण रोहिग्या समुदायका शरणार्थी बस्ने २० हजार घर नष्ट भएका छन् । हजारौं विस्थापितहरु विद्यालय तथा सरकारी कार्यालयमा आश्रय लिए बसेका छन् ।

त्यस्तै आँधीका कारण हवाइ उडान बन्द गरिएको छ । आँधीको असर पूर्वी म्यान्मारका केही क्षेत्रमा समेत परेको छ ।