निर्वाचन शान्तिपूर्ण बनाउन बर्दियामा सेना परिचालन

भावुक योगी / बर्दिया, जेठ १६ । दोस्रो चरणको स्थानीय निर्वाचन सफल बनाउन बर्दियामा नेपाली सेना परिचालन गरिएको छ ।

विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गरी निर्वाचन शान्तिपूर्ण बनाउन सेना परिचालन गरिएको हो । बर्दियाको सदरमुकाम गुलरीया, भुरीगाउँ, बाँसगढी, सानोश्री, राजापुर लयायतका मुख्य क्षेत्रका गाउँ र बजार क्षेत्रमा शुक्रवार देखि सेना परिचालन गरिएको हो ।

८ वटा स्थानीय निकाय रहेको बर्दियामा निर्वाचन नचाहाने शक्तिले निर्वाचन विरोधी गतिविधि गर्न सक्ने भन्दै बर्दियाका चारवटै सुरक्षा निकायलाई आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चनाखो भएर बस्न निर्देशन दिइएको छ । स्थानीयवासी पनि चुनावमा ढुक्कसँग मतदान गर्न पाइने भयो भन्दै खुसी भएका छन् ।