August 20, 2017

आईएमई ग्रुपले १ सय विद्यार्थीलाई आकांक्षा छात्रवृत्ति प्रदान गर्ने

काठमाण्डौ, १६ जेठ । आईएमई ग्रुपले १ सय विद्यार्थीलाई आकांक्षा छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक उतरादायित्व अन्तर्गत हिसानको समन्वयमा कक्षा १ देखि ११ सम्मका १ सय विद्यार्थीलाई जनही १०–१० हजारका दरले छात्रवृत्ति प्रदान गर्न लागेको जानकारी दिए । ढकालले यस वर्ष छात्रवृत्तिका लागि ४६ सय विद्यार्थीले फारम भरेको र त्यसबाट छानेर गरिब तथा जेहेन्दार १ सय विद्यार्थीलाई वृत्ति दिने जानकारी दिए ।

आईएमई ग्रुपले २०७० सालबाट आकांक्षा छात्रवृत्ति सुरु गरेको हो ।