October 24, 2017

इराकको राजधानी बग्दादमा कार बम विस्फोटमा परी २७ को मृत्यु

इराकको राजधानी बग्दादमा भएको दुई छुट्टाछुट्टै कार बम विस्फोटमा परी २७ जनाको मृत्यु भएको छ भने दर्जनौंको संख्यामा घाइते भएका छन् ।

मुस्लिमहरुको महान चाड रमदानले गर्दा सडकमा थुप्रै संख्यामा मानिसहरु उपस्थित भएका थिए र सोही समयमा विस्फोट गराइएको थियो । प्रख्यात आइसक्रिम पसल बाहिर भएको पहिलो विस्फोटमा परी १५ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । उक्त विस्फोटको जिम्मा आइएसले लिएको छ ।

पहिलो विस्फोटपछि भएको दोस्रो विस्फोट शवाका जिल्लाको अल–शहादा पुल नजिक रहेको पब्लिक पेन्सन अफिस नजिकै भएको थियो । उक्त विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ भने २३ भन्दा बढि घाइते भएका छन् ।