August 19, 2017

जथाभावी बाटो काट्ने पैदल यात्रुमाथि कारबाही सुरु

काठमाण्डौ, १६ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकामा जथाभावी बाटो काट्ने पैदलयात्रुमाथि आजबाट कारबाही सुरु गरेको छ ।

जथाभावी बाटो काट्ने र फुटपाथमा नहिँड्ने पैदलयात्रुका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको हो । डिआइजी मिङ्मार लामाका अनुसार ट्राफिक प्रहरीले यस बारेमा डेढ महिना लामो जनचेतना अभियान चलाएपछि कारबाहीको प्रक्रिया अघि बढाएको हो । आज बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले निगरानी गर्नुका साथै कारबाही अघि बढाएको छ ।

जेब्राक्रस छाडेर जथाभावी बाटो काटेको पाइएमा २ सय रुपैयाँसम्म जरिवाना गरिनेछ भने पैसा नतिरे ३ घण्टा जनचेतनामूलक कक्षा लिनुपर्ने प्रावधान राखिएको छ ।