October 23, 2017

मतपत्र च्यातिएको विषयमा अनुसन्धान गर्न छानबिन समिति भरतपुर पुग्यो

काठमाण्डौ, १६ जेठ । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा अनुसन्धान गर्न गठित छानबिन समिति भरतपुर पुगेको छ ।

भरतपुर महानगरपालिकाको निर्वाचन अनुगमन गर्न टोली भरतपुर पुगेको हो । टोलीले प्रमुख निर्वाचन अधिकृत सहितका अन्य पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मतगणनाका गणकहरुसँग मतगणना केन्द्रमा भएको घटनाका विषयमा जानकारी लिनेछ । टोलीले राजनीतिक पार्टीहरुसँग पनि आजै छलफल गर्ने भएको छ ।

आयोगको बैठकले सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३ सदस्यीय अनुगमन टोली गठन गरेको थियो । समितिमा तिमल्सिनासहित गृहमन्त्रालय सहसचिव महेश न्यौपाने र एक प्रहरी नायव महानिरीक्षक छन् । समितिलाई १७ गतेभित्र यर्थाथ अवस्थाको बारेमा प्रतिवेदन तयार पार्न निर्देशन दिइसकिएकाे छ ।