October 17, 2017

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा सर्वदलीय छलफल

काठमाण्डौ, जेठ १६ । कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने विषयमा मंगलबार नेपाली कांग्रेसले सर्वदलीय छलफल गरेकाे छ ।

नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतीय सरकार गठनका निम्ति राष्ट्रपतिले आह्वान गरे अनुसार व्यवस्थापिका–संसद भवनमा कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा बसेकाे सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु सहभागी थिए ।

बैठकमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री लगायत उपस्थित सबै दलका नेताहरुलाई धन्यवाद दिँदैं नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहयोगको अपिल गरेका थिए । यद्यपि सर्वदलीय भनिएको उक्त बैठकमा नेकपा एमाले अनुपस्थित थियो ।