October 20, 2017

नेपाली सेनाकाे स्काई ट्रक काेल्टीमा दुर्घटना, पाइलटकाे निधन, अन्य दुई घाईते

नेपालगञ्ज १६ जेठ ।  नेपाली सेनाको स्काई ट्रक बाजुराको कोल्टी विमानस्थलमा दुर्घटनामा हुँदा पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।

दुर्घटनामा मेजर अनिता अाले र सुवेदार पूर्ण खडका घाइते भएका छन । घाइते दुबैलाई उपचारका लागि सिता एअरकाे विमानबाट नेपालगञ्ज ल्याइएकाे छ ।

सुर्खेतबाट हुम्लाकाे सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुराकाे काेल्टी विमानस्थलमा अापतकालिन अवतरण गर्दा धावनमार्गबाट चिप्लिएर खेत पुग्दा दुर्घटना भएको थियो ।