August 20, 2017

मोरङ्गको उर्लाबारीमा सम्पन्न तेस्रो सनसाइन कप उपाधी अायाेजक टिमलार्इ

दमक १६ जेठ । मोरङ्गको उर्लाबारीमा सम्पन्न तेस्रो सनसाइन कप विद्यालय स्तरीय खुला बुद्धिचालको उपाधी आयोजक टिमका  आशिष पाण्डेले हात पारेका छन् ।

पाँचौ राउण्डसम्म उपाधी आशा नै नगरिएका उनी छैटौ र सातौ राउण्डको अप्रत्यासित नतिजासँगै च्याम्पियन बनेका हुन् । पाँचौ राउण्डसम्म अपराजित रहेका सोहि विद्यालयका आदेश दाहाल र सक्षम भण्डारीले छैटौ राउण्डमा बराबरी तथा सातौ राउण्डमा पराजय भोगेपछि
पाण्डेले उपाधी उचालेका हुन् ।त्यस्तै गल्स तर्फको उपाधी पनि आयोजक सनसाइनकै खुसी मुखियाले नै प्राप्त पारिन ।

उनले ५ अंक जोडेकी थिइन् । समान ५ अंक भएपनि एभरेष्ट दमकका कृपा अधिकारी दोस्रो र खुस्बु थापा तेस्रो भए । त्यस्तै तेह्र बर्ष मुनिको उमेर समुहमा एभरेष्ट दमकका क्रिस अधिकारी प्रथम,  समान ४ अंक नै भएपनि आयोजकका कुश कार्की दोस्रो र लभ कार्की तेस्रो भए । सोह्र बर्ष मुनिको उपाधी भने झापा मोडलका लाक्पा तामाङ्गले हात पारे ।

खुला तर्फका प्रथम देखी पाँचौ सम्मका विजेताले ट्रफी,मेडल सँगै नगद १५ सय , १ हजार ,७ सय र ५ सय यस्तै  गल्सतर्फ ८  सय , ५  र ३ सय प्राप्त गरे । कार्यक्रममा चिफ आरविटर नेपाल च्याम्पियन  भुपेन्द्र निरौला र आरविटर तथा संचारकर्मी उत्तम रिजाललाई सम्मान गरिएको थियो । प्रतियोगितामा झापा र मोरङ्गका एघार विद्यालयका ५४ विद्याथी सहभागी थिए ।