August 23, 2017

बाजुराकाे काेल्टीमा नेपाली सेनाकाे स्काई ट्रक दुर्घटना

नेपालगञ्ज १६ जेठ ।  नेपाली सेनाको स्काई ट्रक बाजुराको कोल्टी विमानस्थलमा दुर्घटनामा परेको छ। नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार खाद्यान्न बोकेर हुम्ला जान लागेकाे स्काइ ट्रक खराब मौसमका कारण बाजुराको कोल्टीमा नै अवतरण गर्न लाग्दा दुर्घटनामा परेकाे थियो । अवतरणका क्रममा जहाज चिप्लिएर नजिकैको खेतको अालीमा ठोक्किएकाे थियो । दुर्घटनाबाट भएको नोक्सानकाे बिवरण अाउन बाँकी छ ।