October 22, 2017

नयाँ संविधानले सबैकाे अधिकार प्रत्याभूत गरेकाे छः सभामुख

काठमाण्डाै, ७ वैशाख । सभामुख ओनसरी घर्ति मगरले नयाँ संविधानले सबैको अधिकार प्रत्याभूत गरेको बताएकी छिन् ।

निर्वाचन आयोग र महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाले बिहीबार काठमाण्डौमा संयुक्तरुपमा गरेको कार्यक्रममा सभामुखले आगामी निर्वाचनले महिलाका लागि अवसर प्रदान गरेको समेत उल्लेख गरिन् ।

कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले आसन्न स्थानीय निर्वाचनलाई सफल बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । प्रजातन्त्रको अनुभूति र स्वतन्त्र अभ्यास गर्न चुनावको विकल्प नभएकाले यसलाई सम्पन्न गर्न आयोगले तीव्र गतिमा काम अघि बढाइरहेको जानकारी दिए ।

स्थानीय निर्वाचनबाट ३६ हजार ६ सय ३९ जनप्रतिनिधि चुनिँदै छन् ।