August 23, 2017

दुईपांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको वार्षिक कर अब कति ?

काठमाण्डौ  १६ जेठ  । दुई पांग्रे  सवारीमा भन्सार, अन्तः शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ । सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ ।

दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३ / ७४ मा बढाइएको थियो । २५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो।

त्यसैगरी अटो रिक्सा,  थ्री व्हीलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ । १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११ हजार तोकिएको छ।

त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ । तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ / ६ हजार मात्र कर लाग्दै आएकोछ ।

कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?
१२५ सिसिसम्मको मोटरसाइकल सडक कर : १० हजार
१२६ देखि २५० सिसिसम्मकाे माेटरसाइकलकाे सडक कर  :१२ हजार
२५१देखि ४०० सिसिसम्म माेटरसाइकलकाे सडक कर : १५ हजार
४०१देखि माथि सिसि भएका  माेटरसाइकलकाे सडक कर  : २० हजार

कुन मोटरसाइकलको वार्षिक कर कति पुग्योर ?
१२५सिसि सम्मका माेटरसाइकलकाे वार्षिक कर   : २५ सय
१२६ देखि २५० सम्म सिसि भएका माेटरसाइकलकाे वार्षिक कर   : ४ हजार
२५१देखि ४०० सम्म सिसि भएका माेटरसाइकलकाे वार्षिक कर   : ८ हजार
४०१देखि माथि सिसि भएका माेटरसाइकलकाे वार्षिक कर :  १५ हजार

याे  खबर कारोबार दैनिकमा छ ।