October 19, 2017

धेरै मात्रामा अगरबत्ति जलाउनुहुन्छ भने थाहा पाउनुहोस् यसको नोक्सानहरु–

काठमाण्डौ, १५ जेठ । यदि तपाई दैनिक पूजाकोठामा अगरबत्तिको प्रयोग गर्नुहुन्छ भने यो खतराकाे संकेत पनि हुन सक्छ ।

हामी भगवान खुशी पार्नका लागि अगरबत्ति त जलाउँछौं तर के हामीलाई त्यसको नकारात्मक असर बारे थाहा छ ? आउनुहोस् थाहा पाऔं–

१. छालामा एलर्जी

लामो समयसम्म अगरबत्तिको प्रयोग गर्नाले आँखा र छालामा एलर्जीको समस्या हुने गर्दछ । यसलाई जलाउँदा निक्लने धुँवाले आँखामा जलन पैदा गराउने गर्दछ । यसको अलावा संवेदनशील अंगमा पनि संक्रमणको समस्या रहन्छ ।

२. मस्तिष्कको रोग

नियमित रुपमा अगरबत्तिको प्रयोग गर्नाले टाउको दुख्ने, ध्यान केन्द्रित गर्नमा समस्या हुने र विस्मृति हुने खालको जस्तो समस्या देखिन्छ ।

३. स्वास्थ्यमा समस्या

अगरबत्तिबाट निस्कने धुँवाले स्वास्थ्यमा सोझै असर गर्दछ । लामो समयसम्म अगरबत्तिको प्रयोग गर्नाले विभिन्न रोग पनि निम्त्याउने गर्दछ ।