October 24, 2017

यमनमा १ करोड १७ लाख मानिस भोकमरीको चपेटामा

काठमाण्डौ, १५ जेठ । संयुक्त राष्ट्रसंघले यमनमा १ करोड १७ लाख मानिस भोकमरीको चपेटामा परेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता एजेन्सीले द्वन्द्वग्रस्त मुलुक यमनमा १ करोड १७ लाख मानिसले भोकमरीको सामना गरिरहेकोे तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्यांकले यमनमा विभिन्न रोगका कारण प्रत्येक १० मिनेटमा ५ बालबालिकाको मृत्यु हुने गरेको देखाएको छ । २० लाख बालबालिका कुपोषणको शिकार भएका छन् । हैजाका कारणमात्र २९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

यमनमा मानवीय सहायताका लागि २ अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यकता रहे पनि ५० प्रतिशतमात्र उपलब्ध भएको राष्ट्रसंघले बताएको छ ।